जनकपुरधाम । स्रोत नखुलेको नेपाली १४ लाख रूपैयाँसहित दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाधामका ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउका १९ वर्षीय कृष्ण साह छन् । प्रदेश २. ०२-००३ प ७०४५ नम्बरको मोटरसाइकलमा जयनगरबाट जनकपुरतर्फ आउने क्रममा चेकजाँच गर्दा उक्त रकम बरामद भएको र स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
धनुषा जनकनन्दनी गाउँपालिका-५ बनरझुल्लाबाट ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठको प्रहरी टोलीले ती दुईजनालाई पक्राउ गरेकव हो । उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ