काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(१७ चैत) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले बिहीबारका लागि क्याबिनेट विस्तारको तयारी गरेपनि दलहरूबीचमा आन्तरिक सहमति हुन नसक्दा विस्तार हुन सकेको थिएन।
बिहीबार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन जानुअघि प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरूलाई मन्त्रीको नामलिस्ट तयार गर्न भनेका थिए। तर, कांग्रेससहितका दलहरूले अन्तिम नामावली नबुझाउँदा मन्त्रिपरिषद् विस्तार सरेको थियो।
शुक्रबार दिउँसो ३ बजेका लागि शपथग्रहण कार्यक्रमको तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
मन्त्रिपरिषद् विस्तारलाई लिएर बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।
दुई नेताबीचको छलफलबाट मन्त्रिपरिषद् विस्तारबारे निष्कर्ष ननिस्किएपछि अन्य नेताहरूसहित बालुवाटारमा छलफल भएको थियो।
मन्त्रालयको संख्याका विषयमा सहमति जुटिसकेपनि कुन मन्त्रालय कसले नेतृत्व गर्ने भन्ने समझदारी हुन सकेको छैन।
सत्ता गठबन्धनभित्र कांग्रेसलाई ८ वटा मन्त्रालय दिने समझदारी बनेको छ। नेताहरूका अनुसार देउवाले मन्त्री हुनेहरूको नामावली तयार पारिसकेपनि मन्त्रालय भागबन्डा मिलाउन भने सकस परेको हो।
गठबन्धनको भागबन्डा अनुसार कांग्रेस ८, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी २, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय लिने समझदारी छ।
त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ