काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितभन्दापनि आफ्नो व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लव नेपालले आफ्नो रजत महोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ओलीले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको आरोप लगाएका हुन् ।
उन्ले सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको उल्लेख गरे । नेपालमा हुने चूनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उन्ले अहिले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको टिप्पणी गरे । ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिए ।
साक्षात्कारमा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिन उचित नभएकाले क्यालेण्डरबाट हटाउने चेतावनी दिए । संक्रमण न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुङ्गाउनुपर्ने उल्लेख गर्दै ओलीले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने स्पष्ट पारे ।
ओलीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेको जानकारी दिदै मिटरब्याजीहरुलाई कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली