काठमाडौं । स्वर्णीम वाग्लेले कांग्रेसका चार नेतालाई सन्देश पठाउँदै पार्टी छाडेको बताएका छन्। आफूले देउवा-आरजु गिरोहको अपमानले कांग्रेस छाडेको उक्त सन्देशमा उल्लेख गरेका छन्।
उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला र गोविन्द पोखरेललाई उक्त सन्देश पठाएका हुन्। आफूहरुलाई उक्त बेहोराको सन्देश पठाएको नेता पोखरेलले पुष्टि गरेका छन्।
उनले ती चार नेतालाई सदभावका बाबजुद समेत कांग्रेसमा रहन नसक्ने अवस्था आएको उक्त सन्देशमा लेखेका छन्। वाग्लेले भनेका छन्, 'देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै 'डेलिभरी’को प्रयोगमा जान चाहेँ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, १६ : ०१
लेखकबाट थप