काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरुलाई भेट्न ढिलो गर्न नहुने बताएका हुन् ।
उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अबिलम्ब भेट गर्न आग्रह गरेका हुन् ।महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया सुरु हुनु रहेको बताए ।
उनले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरुको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री पाँच वर्ष टिक्ने संवैधानिक व्यवस्था गर्नुपर्नेमा विश्वप्रकाश शर्माको जोड
आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्नेमा विश्वप्रकाश शर्माको जोड
‘आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ’: विश्वप्रकाश शर्मा
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित
२ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा