काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक् चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् ।
मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ । उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए । ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशक