काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित २ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको नापी कार्यालय मनमैजुमा सेवाग्राहीबाट लेखापढी व्यवसायीमार्फत घुस रकम लिइरहेको अवस्थामा नापी सर्वेक्षकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरिएको हो। अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ