काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ७५ हजार रुपैयाँ घुस रकमसहित २ जनालाई पक्राउ गरेको छ।
काठमाडौंको नापी कार्यालय मनमैजुमा सेवाग्राहीबाट लेखापढी व्यवसायीमार्फत घुस रकम लिइरहेको अवस्थामा नापी सर्वेक्षकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरिएको हो। अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ