अत्तरिया । नेकपा (एमाले)का नेता डा. भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताएका छन्। धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने चेतावनी दिए।
“अहिलेसम्म नेकपा (एमाले)को सदस्यमा छु । राष्ट्रियताको प्रश्न उठाउँदा, पार्टीमा विधि र पद्धतिका कुरा गर्दा, पार्टीबाट घचेट्न खोजे विकल्प खोज्छु”, उनले भने, “पार्टीमा ५० वर्षसम्म काम गरेको छु । पार्टीमा अन्तिमसम्म सङ्घर्ष गरिरहनेछु ।”
उनले देशमा सङ्कट आए जुनसुकै पार्टीका नेता कार्यकर्तालाई भेट्न सक्ने जिकिर गरे। समाजवादीमा जान लागेको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले कुनै नेता कार्यकर्तासँग भेट गर्दैमा अर्को पार्टीमा गएको भन्न नहुने बताए। उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी रहने बताए।
नेता रावलले एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप लगाए। उपाध्यक्ष पौडेलले आफूलाई ‘टिकट माग्न नगएको’ भन्ने अभिव्यक्तिको विरोध गरे। “म २०४८ सालदेखि चुनाव लड्दै आएको छु, कहिल्यै कसैसँग टिकट मागिनँ, तपाईंले माग्नुभयो र ?”, उनले उपाध्यक्ष पौडेललाई प्रतिप्रश्नसमेत गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै