काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता गरेका हुन् ।राजदूत शर्माले आफ्नो ट्युटवमा मुख्यमन्त्री योगीसँग भेटेकोमा खुशी लागेको उल्लेख गरेका छन् ।
उत्तर प्रदेशको विकासमा मुख्यमन्त्री योगीको भूमिका सह्रानीय रहेको उल्लेख गर्दै उनले नेपाली जनताप्रति पनि उनको सदभाव रहेको उल्लेख गरेका छन् ।भेटका क्रममा नेपाल–भारतको सम्भावित साझेदारी विकासका बारेमा पनि छलफल गरिएको शर्माले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियाकी राजदूतले भेटिन् राष्ट्रिय सभा अध्यक्ष
स्वीट्जरल्यान्डको राजदूतमा रामप्रसाद सुवेदी नियुक्त
राजदूत र कुटनीतिक नियोगका प्रमुखले गरे प्रधानमन्त्रीसँग छलफल
नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ: राजदूत आचार्य
तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र