बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । शनिबार दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी (नेवार) र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् ।
बुटवलबाट पाल्पातर्फ गइरहेको युवक सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।कारसहित दुवै युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ