काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युछका बेला भएका अन्तरजातीय विवाह सम्बन्धविच्छेदतिर गएको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा दलित समुदायमाथि भएको अपमान र विभेदविरुद्धको संकल्प प्रस्तावमा उठेका प्रश्नको जवाफ दिँदै उनले विगतमा गर्वका साथ सुनाइने गरेको अन्तर्जातीय विवाह अहिले गर्वको विषय हुन छाडेको बताए ।
‘हामीले युद्ध वा आन्दोलनका बेलामा जे कुरा उठायौं त्यही कुरा गर्वका विषय हुन विस्तारै छाडे, आन्दोलन वा क्रान्तिका बेला गरिएका अन्तर्जातीय विवाह सम्बन्धविच्छेदतिर गए’ उनले भने, ‘जुन गर्वका साथ स्थापित गर्ने गरिन्थ्यो । त्यही स्तरका गर्वका विषय हुन छाडे ।’
प्रचण्डले अन्तर्जातीय विवाह निरन्तर आन्दोलनको विषय भएको बताए । तर आन्दोलनसँगै संविधान, कानुन र समाजका अरु अवयव पनि सँगै अगाडि जान आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड