सामाजिक कार्यमा सक्रिय हुंँदै चितवनमा मनाईयो अन्र्तराष्ट्रिय राउण्ड टेवल दिवस

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १४ : ०५
सामाजिक कार्यमा सक्रिय हुंँदै चितवनमा मनाईयो अन्र्तराष्ट्रिय राउण्ड टेवल दिवस

चितवन । विभिन्न सामाजिक कार्यगरी चितवनमा पनि अन्र्तराष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको छ । सामाजिक संस्था नारायणगढ राउण्ड टेबल–१४ र चितवन राउण्ड टेबल–३१ को संयुक्त प्रयासमा अन्र्तराष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको हो । हरेक बर्ष मार्च १४ मा मनाईदै आएको उक्त दिवसको पहिलो दिन रक्तदान को आयोजना गरि मनाईएको छ । ओम अस्पताल भरतपुर, र प्रेसिडेन्सी कलेज परिषरमा रक्तदानको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १२५ जनाले रक्तदान गरेको नारायणगढ राउण्ड टेबलका अध्यक्ष विवेक चाचनले जानकारी दिए । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनका अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उनले बताए । यसै गरी सोमबार राउण्ड टेबलले देवघाटको  श्री रामजानकी गार्गी कन्या गुरुकुलम स्कुललाई दुईवटा कम्युटर हस्तान्तरण गरेको छ । संस्थाले सोही दिन स्कुल परिषरमा २० वटा सुपारीको बृक्षारोपण गरेको थियो । साथै रोटरी करुणालय बृद्धाआश्रममा एक छाक खाना र फलफूल वितरण गरिएको अध्यक्ष चाचनले जानकारी दिए । 

अघिल्लो सातामात्र संस्थाले उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा संघको सभाहलमा  चितवनका व्यवसायीहरुलाई  प्रोस्टेट क्यान्सर सम्बन्धी  सचेतना कार्यक्रम गरिसकेको छ । कार्यक्रममा  डा।आदित्य जलानले सचेतना दिनुभएको थियो । आगामी दिनमा पनि संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिंँदै जाने  चाचनको भनाई छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, सदस्यहरु लगायतको टोली सक्रिय रहेको थियो । 

बिशेषगरी ‘फ्रिडम थ्रु एजुकेशन’ को  नारा लिएर अंँग्रेजी बर्ष १९९९ देखि नेपालमा  सेवा शुरु गरेकोे राउण्ड टेबलले नेपालमा मात्रै ६५ वटा सामुदायिक भवन निर्माण गरिसकेको छ । जहांँ ३६५ वटा कक्षा कोठा सञ्चालनमा छन ।

प्रतिक्रिया दिनुहोस