काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले सो सुझाव दिएका हुन् ।
‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङ्देनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्न, जो तपाईं स्वयमलाई थाहा छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन