काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ ।क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रास्वपा सांसद मनिष झाले जानकारी दिए । मंगलबार अर्थतन्त्रका पक्षमा उद्योगी व्यवसायीसँग राय लिन लागिएको छ ।
‘समाजका विभिन्न पक्षका सरोकारवालासँग हामीले अध्ययन गर्न लागेका हौं’, झाले भने, ‘उद्योग वाणिज्य महासंघको कुरा आज (मंगलबार) सुन्छौं ।’ अर्थतन्त्रको जटिल अवस्थामा राजनीतिक दल र प्रतिनिधिसभा सदस्यको भूमिकाका बारेमा महासंघसँग राय लिने झाले बताए ।
बुधबार उद्योग परिसंघ र चैत १२ मा बैंकर्स संघका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने रास्वपाले जनाएको छ । अर्थतन्त्रपछि अन्य फरक क्षेत्रको विषयमा नेता र सांसदलाई प्रशिक्षित गरिने भएको छ ।
विषयगत विज्ञहरुका धारणा सुन्ने कार्यलाई प्राथमिकतामा राखिने झाले बताए । पार्टीले केन्द्रीय सदस्य तथा सांसदहरुलाई प्रशिक्षित गर्नका लागि उक्त अवधारणा ल्याइएको हो । ‘हामीले नबुझेका कुरा सोध्ने र प्रशिक्षित हुने हो । पार्टीका नेता तथा सांसदहरुले अध्ययनको दायरा बढाउने अवधारणा हो’, झाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्तोष परियारले छाडे रास्वपा
रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार कायम
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु