खुसीको इन्डेक्समा भारतभन्दा नेपाल अगाडि

सफल खबर संवाददाता

मंगलबार, ०७ चैत्र २०७९, ०८ : १५
खुसीको इन्डेक्समा भारतभन्दा नेपाल अगाडि

काठमाडौँ । हरेक वर्ष मार्च २० तारिखमा मनाईदै आएको अन्तर्राष्ट्रिय खुसी दिवस यसवर्ष पनि मनाइएको छ । नेपालमा सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो । मानव स्वास्थ्यका लागि खुशी भाव महत्वपूर्ण हुने सन्देश दिन हरेक वर्ष अन्र्तराष्ट्रिय रुपमा यो दिवश मनाउन थालिएको हो ।

मानिसका विभिन्न भावहरु हुने गर्दछन् । खुसी, दुखी, निराशापन जस्ता विभिन्न मनोभाव मानवीय गुणहरु पनि हुन् । तर यहि भावनाले मानिसलाई सकारात्मक तथा नकारात्मक दिशा तर्फ डोहोराउने गर्दछ । सकारात्मक मनोभावनालाई उजार गर्न र सबैलाई खुसी रहन प्रोत्साहन गर्न हरेक वर्ष अंग्रेजी महिनाको मार्च २० तरिखका दिन अन्र्तराष्ट्रिय खुसी दिवश मनाइने पनि गरिन्छ ।

त्यस्तै विभिन्न सूचकांकका आधारमा खुसी हुने देशहरुको सूची समेत निकालिने गरेको छ । शिक्षा, रोजगारी, जिवनप्रतिको सन्तुष्टि, आय, स्वास्थ्य तथा वातावरण लगायतका सूचकहरुलाई आधार मानेर तयार पारेको राम्रो जिवन सूचकांका आधारमा विश्वकै खुसी देशमा फिन्ल्याड, दास्रोमा डेनमार्क र तेस्रो नम्बरमा सुइजरल्याण्ड देखिन्छ । विश्वको खुसी हुने देशहरु मध्ये नेपाल ८५ औ स्थानमा छ ।

त्यस्तै छिमेकी मुलुक भारत १ सय ३६ औ तथा चीन ८२ औ स्थानमा छन् । विभिन्न भावहरु मध्ये सकारात्मक र सुखीको भावले उत्साह र उर्जा थप्न मदत गर्ने मनोचिकित्कको भनाइ छ ।

अन्तर्राष्ट्रिय खुसी दिवस संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिन्छ । खुसीको महत्व सबैलाई बुझाउनका लागि दिवस मनाउन थालिएको हो ।

सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र संघले विश्वास समेत लिएको छ ।

मनोविश्लेषकहरुका अनुसार खुसी विभिन्न मनोभावना मध्येको एक हो । तर यसलाई व्यवस्थापन गर्न सकिएमा भने खुसी क्षणिक नभएर जीवनरभर नै रहने गर्दछ । जसका लागि सकारात्मक सोच र व्यवहार आवश्यक पर्ने मनोविश्लेषकको बुझाई छ ।

खुसी व्यक्त  गर्ने एक माध्यम मुस्कान पनि हो । खुसीपूर्ण मुस्कानले व्यतिm र समाजमा मिठासपूर्ण सम्बन्ध स्थापना गर्न मद्दत गर्छ । साथै खुसीपूर्ण भावले मानिसमा सकारात्मक उर्जा प्रदान गरि यसले तनाव कम समेत गर्न मद्दत गर्दछ । त्यसैले जीवनमा आउने विभिन्न समस्या तथा चुनौतीलाई आफ्नो सकारात्मक सोच र भावनाले अगाडि बढाउन सक्ने हो आजीवन आफू खुसी रहने मात्र नभएर अरुलाइ खुसी बाड्न समेत मद्दत मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस