काठमाडौँ । भारतको विहार राज्यमा विधान सभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमा नाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
भारत विहार राज्यको विभिन्न विधान सभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमा नाका बन्द गर्न लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सुरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सिमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०८२, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा बढे सर्पदंशका घटना
महोत्तरीमा सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान शुरू
महोत्तरीका सिडिओलाई गृहमन्त्रीको स्पष्टीकरण