काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले गाउँघरमा यस्तो ड्राइभर भेटिने बताए ।
‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?’ लिङ्देनले भने ।
आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको लिङ्देनले बताए ।उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनि बताए । ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकप्रियताको हिसाबले रास्वपापछि दाेस्राे स्थानमा राप्रपा छ: राजेन्द्र लिङ्देन
‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, अलिकति परिपक्व व्यवहार गर्नुस्’: राजेन्द्र लिङ्देन
गृहमन्त्रीबारे सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छः राजेन्द्र लिङ्देन
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
‘कमल दाइ नहुँदा अपूर्ण जस्तो लाग्थ्यो, रुँदै हिँड्न पनि मिलेको थिएन’: राजेन्द्र लिङ्देन
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : राजेन्द्र लिङ्देन