काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराए ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिन लागेका हुन् । पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १४ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्री दाहालले फेरि संसद्बाट विश्वासको मत लिनुपर्ने भएको हो ।
दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० राजनीतिक दलले समर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ