काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराए ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिन लागेका हुन् । पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।
राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १४ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरुप प्रधानमन्त्री दाहालले फेरि संसद्बाट विश्वासको मत लिनुपर्ने भएको हो ।
दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० राजनीतिक दलले समर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति