काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जानकारी दिए । नेता खतिवडाले राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको बताए ।
‘समसामयिक भनेपछि सरकारमा जाने नजाने, विश्वासको मत, पार्टीको सांगठानिक विषय लगायतमा छलफल हुन्छ’, खतिवडाको भनाइ छ । एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैछ । त्यसका लागि पार्टीबाट कसले नेतृत्व गर्ने भन्ने निर्णय गर्न बाँकी छ । समाजवादीले कम्तिमा तीनवटा मन्त्रालयको दावी गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिएपछि कांग्रेससहितका पार्टीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्दैछन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले गृह, अर्थसहितका मन्त्रालयमा आफ्नो पार्टीको दावी रहेको बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय