काठमाडौं । जनता समजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् ।
आफ्ना पार्टीका केही शीर्ष नेताका साथ सहकारी विभागको गेस्ट हाउसमा पुगेर उपराष्ट्रपति यादवलाई बधाई दिएका छन् । उपराष्ट्रपति यादव हाल सहकारीको गेस्ट हाउसमा बसिरहेका छन् ।
जसपाका अध्यक्ष यादवले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षामा उपराष्ट्रपति यादवको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको धारणा त्यहाँ राखेका थिए । जनताको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न समेत उनले सुझाव दिएको बताइन्छ ।
रामसहाय यादव जसपाको सिफारिसमा उपराष्ट्रपतिमा गएका हुन् । उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । जसपाका कार्यकारिणी सदस्य पनि हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?