काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै छ ।
आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन् । कांग्रेस बैठकमा विश्वासको मत, प्रतिनिधिसभा बैठकमा बस्ने स्थानलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)