एजेन्सी । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ। गैरकानुनी रुपमा युक्रेनी बालबालिकालाई रुस लगिएको आरोप पनि अदालतले लगाएको छ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ।
अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ। सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ।
पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने सो अदालतलाई छैन। अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र सो अदालतको क्षेत्राधिकारभित्र पर्छ।रुसले सो सम्झौतामा हस्ताक्षर गरेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले पुटिनलाई किन भने ‘पागल’ ?
पुटिनद्वारा युक्रेनसँग 'प्रत्यक्ष वार्ता' को आह्वान गरे, १५ मेको मिति प्रस्ताव
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिनसँग भेट्न जेलेन्स्कीको सर्त
युक्रेनको विषयमा वार्ताका लागि रुस तयार: पुटिन
सी र पुटिनबीच भिडियो वार्ता