एजेन्सी । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
सो अदालतले युक्रेनमा युद्ध अपराधका लागि पुटिनलाई जिम्मेवार ठहर्याएको छ। गैरकानुनी रुपमा युक्रेनी बालबालिकालाई रुस लगिएको आरोप पनि अदालतले लगाएको छ।
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता अपराध भएको अदालतको भनाइ छ।
अदालतले बालबालिका रुस लैजाने कार्यमा पुटिन संलग्न भएको भन्दै अभियोग लगाएको छ। सो काममा संलग्न अन्यलाई रोक्ने शक्ति हुँदाहुँदै पनि उनले नरोकेको पनि बताइएको छ।
पक्राउ पुर्जी जारी गरे पनि पुटिनलाई पक्रिने शक्ति भने सो अदालतलाई छैन। अदालत गठनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलुक मात्र सो अदालतको क्षेत्राधिकारभित्र पर्छ।रुसले सो सम्झौतामा हस्ताक्षर गरेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने