काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५.३२ अंकले गिरावट हुँदा १९३३.३१ अंकमा बन्द भएको छ ।
लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १.४१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक ०.३५ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले वृद्धि भएको छ । यता होटल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र लघुवित्त उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब २० करोडको कारेबार भएको थियो । बिहीबार २६ हजार ३७५ वटा कारोबारमा ३४ लाख २ हजार २६७ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब १४ करोड १५ लाखको कारोबार भएको छ ।
जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक ४ करोड ९४ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९७ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाखको कारोबार भएको छ । बिहीबार कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
बिहीबार कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लिवर्टी इनर्जीको सेयरमूल्य ४.९८ प्रतिशतले बढेको छ ।
लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.८० प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ४.७४ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
नेप्से सूचकमा २ अंकको वृद्धि
सेयर बजारमा साढे २४ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ५३ करोडको कारोबार
दोहोरो अंकले बढ्यो सेयर बजार