काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५.३२ अंकले गिरावट हुँदा १९३३.३१ अंकमा बन्द भएको छ ।
लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १.४१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक ०.३५ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले वृद्धि भएको छ । यता होटल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र लघुवित्त उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब २० करोडको कारेबार भएको थियो । बिहीबार २६ हजार ३७५ वटा कारोबारमा ३४ लाख २ हजार २६७ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब १४ करोड १५ लाखको कारोबार भएको छ ।
जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक ४ करोड ९४ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९७ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाखको कारोबार भएको छ । बिहीबार कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
बिहीबार कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लिवर्टी इनर्जीको सेयरमूल्य ४.९८ प्रतिशतले बढेको छ ।
लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.८० प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ४.७४ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार