काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले पाँचौ ओभरमा नै दुवै ओपनरलाई गुमाएको हो। दोस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको नेपालले पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमायो।
आशिफ दोस्रो ओभरको पाँचौँ बलमा आर्यन लाक्राको बलमा बोल्ड आउट भए। अर्का ओपनर कुशल ४.३ ओभरमा आर्यन अफ्जाल खानको हातबाट एलबीडब्लु धरापमा परे। आशिफ शुन्य र कुशल ८ रनमा पवेलियन फर्के।
अहिले क्रिजमा कुशल मल्ल ४ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै
विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान