काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
नेपालविरुद्ध यूएईले केही बेरमा बलिङ गर्नेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई स्थान दिएको छ ।
नेपाल आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जित महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
यूएईका नेताले पठाए प्रजातन्त्र दिवसको शुभकामना