काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको हो ।
बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ । ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख बढीको कारोबार भएको छ ।
शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यता, शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाखबढीको कारोबार भएको छ । बिहीबार सबै उपसुचकहरुमा उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार