काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको हो ।
बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ । ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड ५५ लाख बढीको कारोबार भएको छ ।
शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यता, शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दामाथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाखबढीको कारोबार भएको छ । बिहीबार सबै उपसुचकहरुमा उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार