काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ।
एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ। द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको हो।
आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र प्रधानमन्त्रीविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने छ।
सर्वोच्चले सुरुमै रिट खारेज गरेमा भने यो विवादको च्याप्टर क्लोज हुने छ। यदि सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मागेमा भने मुद्दा अघि बढ्नेछ। उक्त आदेश भएमा प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस गर्नु पर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री