काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ।
एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ। द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको हो।
आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र प्रधानमन्त्रीविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने छ।
सर्वोच्चले सुरुमै रिट खारेज गरेमा भने यो विवादको च्याप्टर क्लोज हुने छ। यदि सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मागेमा भने मुद्दा अघि बढ्नेछ। उक्त आदेश भएमा प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस गर्नु पर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति