काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुने छ । जसपाले बिहीबार बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ ।
जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् । प्रतिनिधि सभा समानुपातिकतर्फको एक स्थान रिक्त छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा