काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आइतबार ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ । यो १.५६ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम समेत खुम्चिएको छ ।
२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो ।
आइतबार सबैभन्दा धेरै सुपरमादी हाइड्रोको मूल्य बढ्यो । यसको पहिलो कारोबार दिन थियो । यो कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त, एनएमबी ५०, एनआईबीएल प्रगति फण्डसहितको मूल्य धेरैले बढेको छ ।
सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार