झापा । झापामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार साँझ अस्थयी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्लाकै अर्जुनधारा नगरपालिका– ११ नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सोही होटलमा डेरा गरी बस्ने झापाकै शिवसताक्षी नगरपालिका– ९ का २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका– १२ का २० वर्षीय मनिस बराल तथा मोरङको मिक्लाजुङ गाउँपालिका– ४ की १९ वर्षीय तिलु राईलाई पक्राउ गरिएको हो ।
शंकास्पद लागेर चेकजाँच गरी हेर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ