झापा । झापामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार साँझ अस्थयी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले जिल्लाकै अर्जुनधारा नगरपालिका– ११ नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सोही होटलमा डेरा गरी बस्ने झापाकै शिवसताक्षी नगरपालिका– ९ का २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका– १२ का २० वर्षीय मनिस बराल तथा मोरङको मिक्लाजुङ गाउँपालिका– ४ की १९ वर्षीय तिलु राईलाई पक्राउ गरिएको हो ।
शंकास्पद लागेर चेकजाँच गरी हेर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा