काठमाडौं । सत्ता समिकरण फेरबदल भएपछि आक्रोश पोख्दै आएका एमाले अध्यक्ष केपी ओलीले आठ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको आरोप लगाएका छन् । ओलीले आठ दलीय गठबन्धनमाथि गम्भिर आरोप लगाउदै सरकारले जनताको भान्सामा विषादी पठाइरहेको आरोप लगाएका छन् ।
भारतलाई रिझाउन र चीनविरुद्ध सरकार लागिपरेको आरोप लगाएका ओलीले छिमेकी मुलुकमाथि गरेको अस्थिर टिप्पणीले कुटनीतिक सम्बन्धमा भने नयाँ तरङ्ग त पैदा हुँदैन ? प्रश्न गम्भीर बनेको छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले राम्रो काम गर्न खोज्दा खोज्दै पनि चौतर्फी हमला हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।जनतालाई भ्रममा पार्न दल र नेताहरु चलाएमान भएको आरोप लगाएका ओलीले एमालेमाथिको हमलाले राष्ट्रलाई नै कमजोर पार्ने दाबी गरे ।
एमालेमाथिको प्रहार देशका लागि दुर्भाग्य भएको ओलीको जिकिर छ । पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्री बनाउदै बनेको तत्कालीन सत्ता गठबन्धन भत्कियो ।
विश्वासको मतसम्म आइपुग्दा नै ओलीले सरकार ढाल्न विदेशी शक्ति केन्द्रहरु सक्रिय बनेको भन्दै भारत लक्षित आक्रोश व्यक्त गर्दै आएका थिए । एमालेसहितको गठबन्धन भत्किनुमा विदेशीको भूमिका धेरै भएको भन्दै सार्वजनिक रुपमै बोल्दै आएका ओलीले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका कारण अप्ठ्यारो परेको जानकारी आफूलाई पहिले नै दिएको दाबी गरेको थिए ।
ओलीले एमाले सत्ताबाट बाहिरिनुमा विदेशी शक्तिको भूमिका रहेको औंल्याउदै आएका छन् । ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने गरि तयारी भएको भन्दै आपत्ति जनाए ।
मुस्ताङमा विश्वविद्यालय खोल्नु भनेको चीनविरुद्ध गद्दारी गर्नु नै रहेको उनको दाबी छ । यतिमै नरोकिएका उनले सरकारले भारतीय तरकारीलाई परिक्षण गर्न अस्विकार गरेको विषय कोट्याउदै जनताको भान्सामा भारतलाई रिझाउन खेलवाड शुरु गर्न थालिएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ फागुन २०७९, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’: केपी ओली
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
ओलीले आज पत्रकारसँग सवालजवाफ गर्ने
ओलीको बठ्याँई : नेतृत्व हस्तान्तरणको मुद्दा पन्छाउन महाधिवेशनको मिति प्रस्ताव
म बिग्रिएको भए पो सप्रिनू: केपी ओली
एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ : ओली