काठमाडौं । सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताएका छन् । रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तथ्यपरक र खोजमुलक अनुसन्धान गर्न आग्रह गरे ।
‘रामप्रसाद राईको योगदानका बारेमा इतिहास यथार्थपरक आउन सकेको छैन,’ उनले भने, ‘तथ्यपरक, खोजमुलक अनुसन्धानका लागि अध्येता लागिरहनुभएको छ, त्यस्ता लिखत, कृति प्रकाशन गर्न आवश्यक छ ।’
रामप्रसाद राई प्रतिष्ठान लगायतका कतिपय संस्था र व्यक्तिहरुले राईलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरियोस् भन्ने मागमा आफ्नो सकारात्मक पहल रहने सभामुखको भनाइ छ ।
उनले रामप्रसाद राई लगायतका सहिदहरुको चाहना अनुसार व्यवस्थामा परिवर्तन भए पनि अझै अवस्थामा परिवर्तन हुन नसकेको उल्लेख गरे । सभामुख घिमिरेले रामप्रसाद राईको योगदानलाई सजिव रुपमा प्रस्तुत गर्न नाटक मञ्चन हुन लागेको खबरले आफूलाई खुसी तुल्याएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे