काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री हुनका लागि १३८ जना सांसदको समर्थन निरन्तर हुनुपर्ने बताउँदै अब ७९ जना सांसदको मात्र समर्थन अहिले रहेको दाबी गरेका छन्।
‘२०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५ मा आइपुग्दा ७८ं+१४ =९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला’, थापाले भनेका छन्, ‘यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजिनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै ! अब बाँकी रह्यो–७९ मात्रै।’ दुई महिनाअघि आफूहरुले दिएको पदबाट राजीनामा गर्न उनले अनुरोध गरेका छन्।
‘कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजीनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो किरु’, उनले भनेका छन्, ‘हुन त दुधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र !’
प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्ने बताउँदै उनले भनेका छन्, ‘अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नांगो धोका, बेइमानी र महाठगी एवं पातकी काइदा हो।’ उनले प्रधानमन्त्री प्रचण्डलाई छेपारे प्रवृत्तिको नयाँ वाहक बनेको समेत बताएका छन्।
‘नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौलारु तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको योरु’, थापाले भनेका छन्, ‘एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला। र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ फागुन २०७९, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, आतंकवादी आक्रमणको भर्त्सना
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने
देउवा तर्साउन ओलीको खतरनाक खेल
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण