काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएर जनताको करको पैसा दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित तीन जनाविरुद्ध विेष अदालतमा मुद्दा दायर गरेको हो ।
मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तनका साथै डिजाईन गराउन स्वीकृत गर्नुका साथै निर्माण कार्य गराउन निर्णय गरेको अख्तियारले जनाएको छ ।
राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको पाइएकाले पाँच करोड पैतालीस लाख बाउन्न हजार छ सय एकहत्तर रूपैया चौवन्न पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । यस्तै कानुन बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुनसमेत मागदाबी लिइएको छ।
सोही प्रकरणमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक राम कुमार श्रेष्ठले पनि काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको डिजाइन गराई ५,७१,७८० रुपैया हानी नोक्सानी अख्तियारको छ ।
साथै पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओम राज ढुङ्गानाविरुद्ध पनि आरोपपत्र दायर गरिएको भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता