वनभोज गएका युवा मृत फेला

सफल खबर संवाददाता

आइतबार, १४ फागुन २०७९, ०९ : ०५
वनभोज गएका युवा मृत फेला

धनगढी । बैतडीमा वनभोज गएका युवा मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका वडा नम्बर-६ शेरामा साथीहरूसँग वनभोज गएका युवा मृत फेला परेका हु्न्।

दशरथचन्द नगरपालिका वडा नम्बर १० खडेनी घर भएका जीवन बुडाल चौलानी नदी किनारमा मृत फेला परेका प्रहरीले बताएको छ। उनी शनिबार दिउँसो साथीहरूसँग वनभोज गएका थिए।

शनिवार राति ९ बजे चौलानी नदीमा उनी मृत फेला परेका प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जानकारी दिएको छ।

मृतक युवक शनिबार आफन्तसहित दशरथचन्द नगरपालिका-६ शेरा हुँदै चौलानी नदीको किनारामा वनभोजका लागि गएका थिए।

प्रतिक्रिया दिनुहोस