काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पाउने भएपछि सम्भावित उम्मेदवारबारे पार्टीमा छलफल सुरु गर्ने भएको छ ।आठ दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमति भएपछि अहिले छलफल सुरु भएको हो । जसपामा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर आन्तरिक छलफल सुरु हुनाका साथै त्यसका लागि नेताहरूको लबिङसमेत हुन थालेको बताइएको छ ।
जसपाबाट उपराष्ट्रपतिको उम्मेदवारमा पहिलो नम्बरमा रामसहाय यादवको नाम चर्चामा आएको छ भने दोस्रो नम्बरमा नवलकिशोर साहको नाम चर्चामा रहेको बताइएको छ ।
जसपाका कार्यकारिणी सदस्यसमेत रहनुभएका यादवले उपराष्ट्रपतिको उम्मेदवारका बारेमा अहिले औपचारिक छलफल नभए पनि पार्टीले गर्ने निर्णय आफूलाई मान्य हुने बताए । उनले भने, “मेरो उपराष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा पार्टीमा अहिले कुनै छलफल भएको छैन, मलाई त्यसका बारेमा कुनै जानकारी पनि छैन ।”
उपराष्ट्रपतिको विषयमा छलफल हुन बाँकी रहेको र पार्टीले उपराष्ट्रपतिको विषयमा जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने उनको भनाइ थियो । आठ दलीय गठबन्धनको सहमतिअनुसार आज कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । यही फागुन २७ गते उपराष्ट्रपतिको उम्मेदवारी दिने समय तोकिएको छ । त्यसअघि नै उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउनुपर्ने हुन्छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै