काठमाडौं । पछिल्लो केही दिन यता लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार भने १.६४ प्रतिशतले बढेको छ । फागुन सुरु भएयता बुधबारबाहेक बजार खुलेको अन्य ५ दिन नै सेयर बजारमा गिरावट भएको छ ।
बुधबार बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको छ । बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले बढेको छ ।
लघुवित्तले जथाभावी लगानी गरेको कर्जा असुल हुन नसक्ने अवस्थामा रहेको समाचार आएसँगै बुधबार सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट भएको छ । लघुवित्त उपसूचक १.४ प्रतिशतले गिरावट भएको छ ।
बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ । सोमबार नेप्सेमा १ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेको हो । बुधबार नेप्सेमा हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार