काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संगठनको अभिलेख संकलन गर्न मातहत समितिलाई पत्र पठाएको छ । सोमबार सम्पन्न बैठकको निर्णय अनुसार पार्टीका संगठन विभाग प्रमुख रामसहायप्रसाद यादवले पार्टी मातहतका समिति र संगठनलाई अभिलेखको माग गर्दै बुधबार पत्र पत्राएका हुन् ।
‘पार्टीमा आवद्ध सम्पूर्ण पार्टी सदस्यहरुको अभिलेख पार्टीको अन्तरिम विधानको अनसूची ६ को ढाँचामा तँहा मातहत रहेका प्रमाणीत अभिलेख मिति २०७९ फागुन मसान्तभित्र केन्द्रीय संगठन विभागमा पठाइदिन हुन सबै प्रदेश समिति, राष्ट्रिय समिति र जनवर्गीय समितिहरुलाई अनरोध गर्दछु, संगठन विभाग प्रमुख यादवद्वारा जारी पत्रमा भनिएको छ ।
अभिलेखका आधारमा पार्टीले चैत्र मसान्तमा हुने विधान अधिवेशनको लागि प्रतिनिधिको संख्या र मापदण्ड तय गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै