काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाँदैछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहान ९ बजेका लागि भेटघाट तय भएको छ।
त्यस्तै, प्रधानमन्त्रीलाई भेट्न सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालुवाटार जाने कार्यक्रम रहेको स्रोतले बताएको छ।
उनीहरूबीच राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन लागेको हो। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता