काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज आह्वान गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि बस्ने भएको छ ।
यसैगरी जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै