काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।
नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको अयोध्यास्थित राम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको थियो र उक्त कार्यक्रममा निधि सहभागी भएका थिए ।
त्यस्तै निधिले आफ्नो बाबुको नाममा रहेको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने महेन्द्र नारायण निधिको जन्मजयन्ती समारोहमा प्रचण्डलाई निम्तो पनि गरेका उनको सचिवालयले जनाएको छ । त्यसबाहेक उनीहरुबीच के कुराकानी भएको भन्नेबारे खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ फागुन २०७९, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति