भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आयो

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १८ : ४२
भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आयो

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । बिहीबार इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ ४० पैसा घटेर आएको छ ।

प्रत्येक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । आइओसीले कहिले पेट्रोलिम पदार्थको मूल्य घटाएर पठाउँछ त कहिले बढाएर पठाउने गरेको छ ।

अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस