बिचौलियाको आरोपमा तिनजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०४ फागुन २०७९, १२ : १६
बिचौलियाको आरोपमा तिनजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरिदिने भन्दै रकम माग्ने तीनजना बिचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका–९ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका–१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस