काठमाडौं । नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एतीमा आयोजित बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।
बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।क्वात्रा आज बिहान भारतबाट काठमाडौं आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बैठकस्थल होटल याक एण्ड एती गएका थिए ।
भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती