भारतीय विदेश सचिव सोमबार नेपाल आउने

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १४ : ३९
भारतीय विदेश सचिव सोमबार नेपाल आउने

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ । क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ । नेपालका लागि भारतको पूवराजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस