साफ महिला यु–२० को फाइनलमा नेपाल र बंगलादेश भिडदै

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, ०८ : ०८
साफ महिला यु–२० को फाइनलमा नेपाल र बंगलादेश भिडदै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बंगलादेश भिड्ने छन् ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरे पछि फाइनलमा नेपाल र बंगलादेश भिडन लागेका हुन ।

यस जितसँग तीन खेलमा सात अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय ब्यहोरेको भुटान अंक विहिन हुँदै बाहिरिए पछि बंगलादेश फाइनलमा पुगेको हो ।

भुटानसँग बंगलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने  भारतले तीन खेलमा सात अंक जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।

भारतलाई हराएर आएको  नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश बिचको खेल रोमाञ्चक हुने खेलप्रेमीहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस