काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच बुधबार भेटवार्ता भएको छ । बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेकी हुन् ।
नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।
युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।
आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?