काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–६ मा टिपरमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । थाक्रे–११ का १५ वर्षीय संगम लामाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा शाही बाबा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प ५१११ नम्बरको स्कुटर गए राति करिब १२ बजे दुर्घटना भएको थियो । पार्किङमा राखेको बा४ख २६५४ नम्बरको टिपरको पछाडि स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु