यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, ०७ : २७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २४ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ १५ पैसा र बिक्री दर १४२ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ८७ पैसा र बिक्री दर १५९ रुपैयाँ ५९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस