आरोप पुष्टि गर्न रविलाई मिडिया सोसाइटीको चुनौती

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, २१ : ५५
आरोप पुष्टि गर्न रविलाई मिडिया सोसाइटीको चुनौती

काठमाडौं । नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सञ्चारमाध्यमको विषयमा दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् ।

‘नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, के नेपालको प्रचलित संविधान, ऐन, कानुन र नेपालको न्यायपालिका माथि बर्बहराहट गर्ने अधिकार कहाँबाट प्राप्त गरे रु तसर्थ समयमै आफ्नो गल्ती सच्याउन र आम जनता तथा मिडियाको संवैधानिक अधिकारमाथि चुनौती दिने गल्ती नदोहर्याउन समेत चेतावनी दिन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस